सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

७ पुष २०८२, सोमबार १७:२०

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा पुष ७ गते सोमबार काठमाडौँमा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी को ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत अर्थात १७ करोड ७८ लाख १२ हजार बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार पुग्ने भएको छ ।

साधारण सभाले आ.व.०८१÷८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*