झुटो कारोबार आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल अनिश्चितकालीन अनसनमा
७ पुष २०८२, सोमबार १८:१४

काठमाडौं। प्रहरी हिरासतमा रहेका दीपेन्द्र अग्रवालले अनिश्चितकालीन भोक हड्ताल सुरु गरेका छन्। उनी सीआईबीको महाराजगञ्जस्थित हिरासतमा पानी मात्र खाएर बसेका छन् र अनुसन्धान प्रक्रिया छिटो सम्पन्न गर्न माग गर्दै अनसनमा रहेका छन्।
अग्रवाललाई झुटो कारोबार गरी सेयरको मूल्य प्रभावित गरेको आरोपमा पुस ४ गते पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार उनले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा भ्रामक सूचना प्रवाह गरेर करिब ४९ लाख रुपैयाँभन्दा बढी अवैध नाफा कमाएको भेटिएको छ।
उनले अन्य टीएमएएस युजरको माध्यमबाट आपसी खरिद बिक्री गरी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाउने कार्य गरेको पनि पाइएको छ।













