दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

८ पुष २०८२, मंगलवार ०७:२२

काठमाडौं । आज पुस ८ गते एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस ९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्से मार्फत शेयर किन्नेले सम्बन्धित कम्पनीको लाभांश पाउनेछन्।

एनएमबि बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारित गर्न पुस २४ गते काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे तीसौं वार्षिक साधारणसभा बस्दैछ।

साना किसान विकास लघुवित्तले असार मसान्तसम्म कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ। घोषित लाभांश पारितका लागि पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे चौबीसौं वार्षिक साधारणसभा बस्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*