लाभांश र हकप्रद प्रस्ताव सहित अपि पावरको साधारणसभा पुस २९ गते बस्दै

८ पुष २०८२, मंगलवार ०७:४३

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बाईसौं वार्षिक साधारणसभा पुस २९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।

सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने र बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा १ बराबर ०.३० को अनुपातमा १ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ। साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र कम्पनीको सम्पत्ति बिक्री गर्न र लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*