लक्ष्मी लघुवित्तले लाभांश नदिने, पुष २९ गते बोलायो साधारण सभा
८ पुष २०८२, मंगलवार १०:२३

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीको पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
सोहि बैंठकले गत आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन पारितका लागि पुष २९ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव पारित गरीनेछ । कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव समेत सभाको एजेण्डाको रुपमा राखीएको छ ।
सभाका लागि कम्पनीले पुष १४ गते बुक क्लोज गर्ने भएको हो ।













