बालेन रविको भेटवार्ताले चौतर्फी तरङ्ग, क–कस्को मुटुमा ठोक्यो ढ्याङग्रो ?

८ पुष २०८२, मंगलवार १०:३२

काठमाडौं । जेनजी आन्दोलनपछि टाउको उठाउन खोजेको भ्रष्ट तथा दलाल संस्कृति भएका पुराना संसदवादी दलहरुको मुटुमा फेरि एक पटक ढ्याङ्ग्रो ठोक्किन पुगेको छ । हिजो मध्यराति काठमाडौंका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेको बीचमा भएको भेटवार्ताले पुरानो सत्ताका भ्रष्टाचारीहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको हो ।

हिजो राति कमलपोखरीस्थित एक घरमा मेयर बालेन र नयाँ उदीयमान शक्तिका रुपमा रहेका रवि लामिछानेको बीचमा सहकार्य गर्ने सम्बन्धमा सहमति भएको तथ्य बाहिर आएको छ । आगामी निर्वाचन लक्षित उनीहरुबीचको भेटले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

केही दिनअघि जेलबाट छुटेका रवि लामिछाने तत्कालै राजनीतिमा सक्रिय भइसकेका छन् । हिजो मध्यरातिसम्म भएको वार्तामा पुराना र भ्रष्ट तथा दलाल संस्कृति भएका संसदवादी दलहरुलाई तह लगाउन रणनीतिक योजना तयार पार्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।

हिजोको भेटवार्ताले मात्रै पनि भ्रष्टाचार संरक्षित दलहरुमा भुकम्प मात्रै गएको छैन तिनका नेताहरुको मुटुमा बेस्सरी ढ्याङ्ग्रो ठोकेको छ । सम्भवतः आजै जेनजी आन्दोलनबाट बहिगर्मित सत्तामा लूटधन्दा मच्चाएका नेताहरुले उक्त भेटवार्ताबारे कडा प्रतिक्रिया जनाउने सम्भावना रहेको छ ।

राजनीतिक उचार चढावको संघारमा रहेको बेला मुलुकमा फागुन २१ गते निर्वाचनको मिति तोकिएको अवस्था छ । निर्वाचनको मिति तोकिएको अवस्थामा नयाँ तथा सुधारको एजेण्डा बोकेका दुई नयाँ नेतृत्वबीचको भेटवार्ताबारे सामाजिक सञ्जालमा चर्चा परिचर्चा भइरहेको छ । नयाँ दलहरुले पनि के दिन सक्छन् भन्ने प्रश्न अनुत्तरित रहकै भएपनि पुरानो भ्रष्टाचारीहरुको अन्त्यका लागि आम सर्वसाधारणले हिजोको भेटलाई उत्सुकतापूर्वक हेरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*