राष्ट्रपति पौडेल र तीन प्रमुख दलका नेताबीच भेट
८ पुष २०८२, मंगलवार १४:२०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज दिउँसो तीन बजे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता हुने भएको छ।
भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जानकारी प्राप्त भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा हुने भेटवार्तामा देशको समसामयिक राजनीतिक अवस्था, वर्तमान राजनीतिक घटनाक्रम तथा आगामी कदमका विषयमा छलफल हुने स्रोतहरूले बताएका छन्।













