एसवाई प्यानलसहित यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

८ पुष २०८२, मंगलवार १५:१८

काठमाडौँ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा कायम भएको छ । ३२८ कम्पनीको ७६ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ लाख रुपैयाँको कारोबार भएको हो ।

बजार सामान्य बढेसँगै अधिकांश कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । मंगलबार १३४ कम्पनीको शेयर बढेको हो ।

यसदिन एसवाई प्यानलको ७.०१ प्रतिशत, गुराँस लघुवित्तको ६.०१ प्रतिशत, सयपत्रि हाइड्रोपावरको ५.९६ प्रतिशत र ग्रामिण विकास लघुवित्तको ५.८५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*