फागुन २१ को निर्वाचन सार्नेबारे राष्ट्रपति निवासमा छलफल, नयाँ मिति कहिले ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरु गगन थापा र विश्व प्रकाश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर आगामी फागुन २१ गतेको निर्वाचन सार्नुपर्ने माग गरेको समाचार बाहिर आएकै दिन शितल निवासले निर्वाचनलाई केन्द्रमा राखेर तीन दलका शीर्ष नेताहरु केपी शर्मा ओली, शेर बहादुर देउवा, प्रचण्डसहित प्रधानमन्त्री सुशिला कार्कीलाई राखेर छलफल गरेका छन् ।
आजको छलफल फागुन २१ गतेको निर्वाचन, समय सीमा, प्राविधिक रुपमा सम्भव नभएको तथ्यमाथि छलफल भएको बुझिएको छ । फागुन २१ गतेको निर्वाचन आउन अब जम्मा ७३ दिन मात्रै बाँकी छ । उक्त अवधीभित्र निर्वाचन गराउन प्राविधिक रुपमा समेत सम्भव छैन ।
असम्भव निर्वाचन सार्ने सम्बन्धमा कसले निर्णय गर्ने वा बोल्ने बिषयमा हिम्मत गर्न सकेका छैनन् । फागुन २१ गतेको निर्वाचनलाई बैशाख वा जेठमा सार्ने गरी छलफल अघि बढेको बताइन्छ । सर्वोच्चबाट संसद पुनस्र्थापना भइहालेको खण्डमा नयाँ सरकार गठन हुने भन्दै पुराना दलका नेताहरुले पनि निर्वाचन सार्ने बिषयमा लगभग सहमति जनाएको बताइन्छ ।













