नेशनल लाइफ इन्स्योरेन्सले पुष ३० गते बोलायो साधारण सभा, लाभांश पारितसहित के–के छन् एजेण्डा ?

८ पुष २०८२, मंगलवार १७:४५

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले ३८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा नेशनल लाइफ भवन केन्द्रिय कार्यालय लाजिम्पाटमा पुष ३० गते बिहान १०.३० बजेका लागि बोलाएको हो ।

सभाले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ८.५ प्रतिशत नगद र ४ प्रतिशत बोनस लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले गत आर्थि वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन, बासलात, आय–ब्यय हिसाब, नाफा–नोक्सान हिसाबममाथि छलफल गरी पारित गर्ने छ । चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा रहेको हो ।

सभाको एजेण्डामा कम्पनीको चुक्तापूँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने र प्रबन्धपत्रको दफा ४ (५) को हालको लगानी सम्बन्धी ब्यवस्था थप परिमार्जन गर्ने समेत रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीकोले पुष १७ गते बुक क्लोज गर्ने भएको छ । भदौ १६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*