तीन जनाको स्थानहद फुकुवा, ओली र लेखकले भने काठमाडौं छोड्न नपाउने

८ पुष २०८२, मंगलवार १८:३३

काठमाडौं  । काठमाडौं उपत्यका छोड्न वा विदेश जान रोक लगाइएका तीन जनाको स्थानहद फुकुवा गरिएको छ। तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथिको रोक हटाइएको हो।

जाँचबुझ आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूसँग बयान सकिएको र त्यसैले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था हटाइएको जानकारी दिएको छ।

अब केवल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि मात्र स्थानहद कायम रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*