लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस

काठमाडौं । लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गरेको छ ।
बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ ले आफ्नो प्रतिवेदनमा लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गनुपर्ने सुझाव दिइएको छ ।
बंगलादेशको उदाहरण दिँदै कार्यदलले ‘स्वतन्त्र नियामक निकाय’ स्थापनाका लागि सुझाव दिएको हो ।
डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले असार २९ गते बुझाएको प्रतिवेदन मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।
प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूलाई अहिले गरेको वर्गीकरण परिमार्जन गरी कार्यक्षमता र स्वास्थ्यका आधारमा ‘प्रथम, दोस्रो् र तेस्रो’ वर्गमा वर्गीकरण गर्न सिफारिस गरेको छ ।
राष्ट्र बैंकले जेठ ३० गते गठन गरेको उक्त समितिका सदस्यहरूमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र पूर्व बैंकर भुवन दाहाल सदस्य रहेका थिए । एक महिनाको अध्ययनपछि उक्त प्रतिवेदन बुझाइएको थियो ।













