आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
९ पुष २०८२, बुधबार ०८:०६

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० जना कर्मचारी माग गरेको छ।
कम्पनीले वरिष्ठ प्रबन्धक/प्रबन्धक/ नायब प्रबन्धक/ सहायक प्रबन्धक (व्यवस्थापकीय श्रेणी) मा ४ जना, वरिष्ठ अधिकृत/अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) (अधिकृत श्रेणी) मा ६ जना र वरिष्ठ सहायक/सुपरभाइजर (शाखा प्रबन्धक) (सहायक श्रेणी) मा १० जना माग गरेको हो।
तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ।














