लाभांश र मर्जर प्रस्ताव सहित प्राइम कमर्सियल बैंकले डाक्यो साधारणसभा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि अठारौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नाक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र १ जना सर्वसाधारण शेयरधनी निर्वाचन गर्नेछ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते एक दिनका लागि बैंकको शेयर दाखिला खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको जानकारी दिएको छ।













