विद्युत नियमन आयोगको अस्वीकृतिपछि अरुण भ्याली हाइड्रोपावरको लाभांश संशोधन
९ पुष २०८२, बुधबार १०:१४

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश संशोधन गर्दै साधारणसभा बोलाएको छ।
यसअघि कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। तर विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले लाभांश संशोधन गरी ५ प्रतिशत बोनस शेयर र ०.२३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
यसका लागि पुस ३० गते अठ्ठाईसौं वार्षिक साधारणसभा बस्ने र पुस १८ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने पनि निर्णय गरेको छ।
1766488563967












