मेन्छियाम हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
९ पुष २०८२, बुधबार १०:३९

काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले पुस ३० गते हुन लागेको आगामी साधारण सभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजान लागेको हो।
कम्पनीले साधारणसभाको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।













