क्रिसमस बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालनमा
९ पुष २०८२, बुधबार १३:३३

काठमाडौँ। सरकारले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस (२०८२ पुस १० गते बिहीबार) का दिन सार्वजनिक बिदा भए तापनि आरटीजीएस प्रणाली सञ्चालन हुने जानकारी दिएको छ।
बिहीबार इसाई धर्माबलम्बीहरूको पर्व क्रिसमसको अवसरमा सार्वजनिक बिदा भए तापनि बैंकिङ कारोबारको सहजताका लागि उक्त प्रणाली सञ्चालन गर्न लागिएको हो । सो दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।













