एसवाई प्यानल र मञ्जुश्री फाइनान्समा झुम्मिए लगानीकर्ता, कुनको भयो बढी कारोबार?
९ पुष २०८२, बुधबार १५:०४

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ। जसमध्ये एसवाई प्यानलको मात्रै १४ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
त्यसैगरी मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँ, तेह्रथुम पावरको ९ करोड ५७ लाख रुपैयाँ, ङादीको ७ करोड ३४ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ६ करोड ३२ लाख रुपैयाँ र आशा लघुवित्तको ५ करोड ९८ लाख रुपैयाँ माथिको शेयर किनबेच भएको छ।
त्यस्तै हिमालयन रिको ५ करोड ४८ लाख रुपैयाँ, राधी विद्युतको ४ करोड ६८ लाख रुपैयाँ, शिवम् सिमेन्टको ४ करोड ४२ लाख रुपैयाँ र हिमस्टार ऊर्जाको ४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर खरीद–बिक्री भएको छ।














