एनएमबि बैंकले ३ अर्बको अविमोच्य अग्राधिकार शेयर ल्याउँदै, धितोपत्र बोर्डबाट स्वीकृति

९ पुष २०८२, बुधबार १७:४२

काठमाडौँ। एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुष ९ गते ३ करोड कित्ता अग्राधिकार शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो ।

बैंकले ८.२५ प्रतिशत लाभांश दर भएको अग्राधिकार शेयर निष्काशन गर्दैछ । उक्त सेयर परिपत्र विधिबाट बिक्री गरिने जनाइएको छ ।

बैंकको अग्राधिकार शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*