रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदनकर्ताको ओइरो, आजसम्म कति पर्यो आवेदन ?

९ पुष २०८२, बुधबार १८:०४

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओमा करिव साढे १५ अर्ब रुपैयाँको आवेदन परेको छ । बुधबार सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाअनुसार कम्पनीको आइपीओमा तीन लाख ५२ हजार ६७ जनाले आवेदन दिएका छन् । सिडिएससीका अनुसार १५ अर्ब ३० करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको एक करोड ८६ लाख ४५ हजार ४६० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण शेयरको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता शेयर यर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरिएकोमा सो को प्रि–अलोटमेन्ट भईसकेको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ । यसका साथै लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*