नागरिक लगानी कोषद्वारा ३१औँ वार्षिक सभा आह्वान

९ पुष २०८२, बुधबार १८:२६

काठमाडौं । नागरिक लगानी कोषले आगामी पुस ३० गते आफ्नो ३१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा कोषको आफ्नै नयाँ भवन परिसरमा सञ्चालन गरिने कोषले जनाएको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८०र८१ को नाफाबाट कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) रहेका छन्।

साधारण सभाले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश पारित गर्ने छ । साथै, शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने र आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*