चार कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चारवटा कम्पनीहरूको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरूले लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै मूल्य समायोनजन गरिएको हो।
समायोजन पछि मिड सोलु हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ७८९.२६ रुपैयाँ कायम भएको छ। बुधबारको अन्तिम कारोबार मूल्य ९१८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो। त्यस्तै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको समायोजित शेयरमूल्य प्रतिकित्ता ७२७.०२ रुपैयाँ कायम भएको छ। बुधबार कम्पनीको अन्तिम कारोबार मूल्य ७६८ रुपैयाँ थियो।
यता चन्द्रागिरी हिल्सको मूल्य समायोजनपछि प्रतिकित्ता ८४३.८१ रुपैयाँ कायम भएको छ। बुधबार कम्पनीको अन्तिम शेयरमूल्य ८८६ रुपैयाँ थियो। त्यसैगरी रुरु जलविद्युत परियोजना लिमिटेडको समायोजनपछि शेयरमूल्य ६६०.९१ रुपैयाँ कामय भएको छ। यस कम्पनीको अन्तिम शेयरमूल्य ७२७ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो।
आइतबार यी कम्पनीहरूको समायोजित मूल्यलाई आधार मानेर धितोपत्र दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ।













