‘नियमन र नीतिगत कमजोरीका कारण बीमा क्षेत्र फैलिन सकिरहेको छैन’

बीमाको अवधारणा निकै पुरानो र प्राचीन हो । आगलागी, रोग, दुर्घटना, प्राकृतिक विपत्तिलगायतका आपत्कालीन अवस्थाको क्षतिबाट जोगिन यसको आविष्कार गरिएको हो । सुरुमा यो सामूहिक सहयोगका रूपमा हजारौँ वर्षपूर्व आरम्भ भएको पाइन्छ । विश्वमा बीमा को प्रारम्भ करिब चार हजार वर्षपूर्व भएको अनुमान गरिन्छ । बीमा को इतिहास नियाल्दा बाबिलोनका व्यापारीले हम्मुरावी संहिता अन्तर्गत मालसामान हराएमा सोको क्षतिपूर्ति दिने प्रणाली विकास गरेका थिए ।
यसै गरी प्राचीन रोम र ग्रिसमा विशेष गरी सेना र व्यापारीको सुरक्षाका लागि सामूहिक कोष ९म्युचुअल फन्ड० को स्थापना गरिएको थियो । यो नै एक प्रकारको बीमा को अवधारणा थियो । यसका अतिरिक्त बेलायतमा १७ औँ शताब्दीमा लन्डनको लर्ड कफी हाउसबाट आधुनिक समुद्री बीमा को अवधारणा विकसित भएको विश्वास गरिन्छ । त्यसपछि भने जीवन बीमा , स्वास्थ्य बीमा र अन्य बीमा को प्रचलन विश्वव्यापी रूपमा विकसित भएको हो ।
नेपालमा बीमा को अवधारणा ढिलै आरम्भ भएको मान्नु पर्छ । यसको सुरुवात विसं २००४ ९सन् १९४७० मा भएको हो । नेपालको पहिलो बीमा कम्पनी नेसनल इन्स्योरेन्स कम्पनी हो । यो भारतीय बीमा कम्पनीको नेपाली शाखा थियो । यसको धेरैपछि अर्थात् विसं २०२४ ९सन् १९६७० मा नेपाल सरकारले आफ्नै बीमा कम्पनी स्थापना ग¥यो । यसलाई नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नामकरण गरियो । यसपछि निजी क्षेत्रबाट जीवन बीमा र निर्जीवन बीमा कम्पनी खुल्दै गए । नियामक निकायको पनि विसं २०४९ ९सन् १९९२० मा स्थापना भयो । यसलाई बीमा समिति नामकरण गरियो । हाल यो बीमा प्राधिकरणमा रूपान्तरित भएको छ । यसले जीवन बीमा , निर्जीवन बीमा र पुर्नबीमा कम्पनीको इजाजत, निरीक्षण, नियमन र नीतिगत विषयक्षेत्रमा कार्य गर्छ ।
बीमा को उत्कृष्टतालाई नियाल्दा बीमा को पहुँच नै पहिलो सर्त हो । विश्वास यसको प्राण हो । नियम यसको पहिचान हो । वित्तीय सुरक्षा प्रणालीको बलियो आधार नै यसको प्रकृति हो । विकसित मुलुकमा बीमा कम्पनीले माथिका सबै उत्कृष्टतामा आफूलाई अब्बल तुल्याउने प्रयास गरिरहेका छन् । उनीहरूको नियामक प्रणाली बलियो छ । बीमा प्रति ग्राहकको विश्वास उच्च छ । बीमा पहुँच सबैका लागि सर्वसुलभ छ । बीमा दाबी र प्राप्तिको प्रक्रिया पनि सरल छ । विकसित मुलुकमा बीमा कम्पनी पूर्णतः सफल छन् र ग्राहकहरू पनि सन्तुष्ट छन् ।
बीमा क्षेत्रका उत्कृष्ट मुलुकको अग्रपङ्क्तिमा संयुक्त राज्य अमेरिका आउँछ । त्यहाँका बीमा कम्पनीहरू जीवन बीमा , स्वास्थ्य बीमा र सम्पत्ति बीमा का लागि विश्वमै अग्रणी मानिन्छन् । ती बीमा कम्पनीले प्रयोग गर्ने प्रविधि र ग्राहकलाई पु¥याउने सेवाको स्तर उच्च छ । संयुक्त अधिराज्य बेलायतमा नियामक निकाय मजबुत रहेको पाइन्छ । सो मुलुकमा बीमा का ग्राहकको सुरक्षामा विशेष ध्यान दिइन्छ र त्यहाँ विभिन्न प्रकारका बीमा सेवा उपलब्ध छन् । बीमा क्षेत्रमा जर्मनी पनि बलियो मुलुकको पङ्क्तिमा पर्छ । त्यहाँ स्वास्थ्य बीमा र जीवन बीमा निकै नै विकसित अवस्थामा छ । त्यस मुलुकमा सरकारी र निजी क्षेत्रमा आबद्ध दुवै प्रकारका बीमा कम्पनी आफ्नो काममा अब्बल मानिन्छन् । स्विट्जरल्यान्ड पनि वित्तीय स्थायित्व र बीमा कम्पनीको विश्वसनीयतामा विश्वविख्यात मानिन्छ । क्यानडामा स्वास्थ्य बीमा आमजनताको पहुँचमा छ । त्यस मुलुकमा स्वास्थ्य बीमा र जीवन बीमा ले पनि समाजमा गतिलो कब्जा जमाएको छ । सिङ्गापुरमा बीमा उद्योग अत्यन्त व्यवस्थित छ । त्यहाँ डिजिटल बीमा सेवाहरू निकै लोकप्रिय छन् । अस्ट्रेलियामा लगभग सबै नागरिक बीमा को दायराभित्र आबद्ध छन् । त्यहाँ बीमा दाबी प्रव्रिmया निकै सरल र पारदर्शी रहेको विश्वास गरिन्छ । जापानमा पनि स्वास्थ्य बीमा र जीवन बीमा आममानिसबिच निकै लोकप्रिय छ । यी मुलुकमा प्रविधि र नवप्रवर्तनमार्फत बीमा उद्योग उच्च स्थानमा रहेको अनुभूत हुन्छ ।
बीमा क्षेत्रका ग्लोबल इन्डेक्सहरू नियाल्दा ग्लोबल इन्स्योरेन्स मार्केट इन्डेक्स, मार्सद्वारा प्रकाशित सूचकाङ्कले सन् २०२५ कै पछिल्ला दिनमा बीमा को कारोबारमा चार प्रतिशतले गिरावट आएको देखाएको छ । ग्लोबल इन्स्योरेन्स मार्केट रिपोर्ट अन्तर्राष्ट्रिय बीमा पर्यवेक्षकको सङ्घले बीमा क्षेत्रमा प्रमुख प्रवृत्ति र विकासको विश्लेषण गरेको छ । यसमा बीमा क्षेत्रका सबल पक्ष र कमजोर पक्ष औँल्याइएको छ । ग्लोबल इन्स्योरेन्स पोटेन्सियल इन्डेक्स, मापफ्रेद्वारा तयार पारिएको सूचकले बीमा सुरक्षा र आर्थिक सङ्कटको प्रभावबिचको अन्तरसम्बन्धलाई उजागर गरेको छ । यसबाट बीमा क्षेत्रको महत्व थप उजागर भएको छ । यस अतिरिक्त ग्लोबल इन्स्योरेन्स मार्केट ट्रेन्डस्द्वारा प्रकाशित प्रतिवेदनले हामीलाई सरकारी निकायको रबैया, नियामक निकायको प्रभावकारिता र उपभोक्ताको स्वाभावद्वारा बीमा बजारको अवस्था बुझ्न मद्दत पु¥याएको छ । यी सबै विश्वव्यापी सूचकका आधारमा बीमा को महत्व वृद्धि हुँदै गएको र यसलाई थप विश्वसनीय र सबैको पहुँचमा पु¥याउनुपर्ने आवश्यकताबोध भएको छ ।
बीमा क्षेत्रको नेपालको इन्डेक्समा बीमा कोषको आधार, नेट प्रिमियम, नेट क्लेम भुक्तानी र बोनस दरलगायतका आधारमा बीमा कम्पनीको श्रेष्ठता मापन गरिन्छ । अन्य सूचकमा ग्राहक सङ्ख्या, एजेन्ट सङ्ख्या, बीमा कम्पनीका शाखा र उपशाखाको सङ्ख्या, प्रदेश र पालिकामा विस्तारको स्थिति तथा बीमा का प्रकारको सङ्ख्यासमेतलाई मूल्याङ्कनको सूचकमा समावेश गरिएको छ । नेपालमा बीमा क्षेत्रका चुनौतीमा सर्वप्रथम बीमा सचेतनाको अभाव नै अग्रपङ्क्तिमा आउँछ । अझै पनि धेरै नागरिक र विशेष गरी ग्रामीण क्षेत्रमा बीमा को महìवबारे निकै कम मानिसलाई मात्रै जानकारी रहेको अनुमान गरिन्छ । बीमा मा पहुँचका साथै कभरेजमा पनि सीमितता विद्यमान छ । एकातिर दुर्गम र दूरदराजमा बीमा कम्पनी पुग्न सकिरहेका छैनन् भने सहरी क्षेत्रमा पनि सबैमा यो पुगेको छैन । यसरी पहुँच र कभरेजपछि बीमा दाबी भुक्तानीमा हुने ढिलाइले पनि बीमा क्षेत्र अपेक्षित गतिमा अघि बढ्न सकिरहेको छैन । आमउपभोक्ताले लामो र झन्झटिलो प्रक्रिया, ढिलासुस्ती, बीमा दाबीलाई निरुत्साहित गर्ने प्रवृत्ति सधैँको गुनासोका रूपमा स्थापित छ ।
बीमा क्षेत्रमा प्रविधिको अपर्याप्त प्रयोग भएको पनि टिप्पणी छ । अर्थात् डिजिटल प्रणाली, मोबाइल एप, डेटा व्यवस्थापनमा थप मेहनत गर्न जरुरी देखिन्छ । नियमन र नीतिगत कमजोरीका कारण पनि बीमा क्षेत्र फैलिन सकिरहेको छैन । बेलाबखत अर्थ मन्त्रालयले जारी गर्ने वित्तीय नीति र नेपाल राष्ट्र बैङ्कले जारी गर्ने मौद्रिक नीतिले पनि यस क्षेत्रलाई अघि बढ्न रोकेको महसुस गरिन्छ । बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति हुँदा अस्वाभाविक राजनीतिक चलखेलले नियामक निकाय स्वयम् कमजोर हुने नै भयो । बीमा कम्पनीबिचको अस्वाभाविक प्रतिस्पर्धा र नाफामुखी प्रवृत्तिका कारण पनि यो क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकिरहेको छैन ।
नेपालमा बीमा क्षेत्रमा जनताले चासो नदेखाउनुको प्रमुख कारण विश्वसनीयताको कमी नै हो । बीमा को लगानीबाट प्रतिफलको सुनिश्चित नभएको ग्राहकको मनोविज्ञान छ । यसरी बीमा बाट कसरी लाभ हुन्छ भन्नेमै आमजनमानस जानकार छैनन् । अधिकांश मानिस आर्थिक स्रोतको अभावका कारण दैनिकी थेग्नै धौधौको परिस्थितिमा छन्, तिनले भविष्यका लागि बीमा का विषयमा नसोच्नु स्वाभाविकै हो । बीमा को लगानीको मूल्य र लाभको अनुपात नबुझिँदा र बुझाउन नसक्दा पनि यसप्रतिको भ्रम हटेको छैन । मूलतः बीमा भन्दा पहिला बैङ्कको अवधारणा आएकाले अधिकांश मानिस बैङ्कको निक्षेपबाटै आफ्नो भविष्यको सुनिश्चितता खोजिरहेका छन् । यथार्थमा बैङ्क र बीमा बिचको फरक थाहा नहुनुले यी दुई क्षेत्र एकअर्काका प्रतिस्पर्धी नभएर एकअर्काका सहयोगी हुन भनेर बताउन सकिएको छैन । बैङ्कले रकम सुरक्षित राखी दिन्छ र ऋण पनि दिन्छ भने बीमा ले भविष्यको अनिश्चितताका विरुद्ध जीवन र सम्पत्तिको सुरक्षा दिन्छ । बैङ्कले ब्याज जस्तै बीमा ले आर्थिक सुरक्षाको प्रत्याभूति गर्छ । यसरी बैङ्किङसेवा र बीमा सेवा दुवै आमनागरिकले साथसाथै उपयोग गर्नु पर्छ भन्ने अनुशिक्षण प्रदान गर्न जरुरी छ ।
बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सामाजिक जागरुकता बढाउनु पर्छ । सस्तो र पहुँचयोग्य बीमा योजना अघि सार्नु पर्छ । भरोसिलो सेवा र पारदर्शितामा जोड दिनु पर्छ । बचतसँग जोडिएका बीमा लाई प्रवर्धन गर्नु पर्छ । यससम्बन्धी सफलताका कथा प्रचारप्रसार गर्नु पर्छ । समाजमा रहेका बीमा सम्बन्धी भ्रम हटाउने कोसिस गर्नु पर्छ । नेपालमा बीमा क्षेत्रप्रतिको केही गलत धारणा बन्नुमा झुटा कुरा गर्ने वा बढी वाचा गर्ने प्रवृत्ति मूल कारक हो । बीमा पोलिसीमा राखिएका सर्तहरू साना अक्षरमा हुने, ग्राहकले पढ्न नखोज्ने, एजेन्टले पनि बताउन नखोज्ने र कम्पनी तथा प्राधिकरणले व्यापक रूपमा सतेचनामूलक विज्ञापन प्रसार गर्न नसक्ने प्रवृत्ति दोषी छ । बीमा को दाबी अस्वीकृत गर्ने वा कम भुक्तानी गर्ने र दाबी रकम पाउन कठिन प्रक्रियाबाट गुज्रिनुपर्ने कारणले पनि बीमा कम्पनीप्रति नकारात्मक अफवाह फैलिएको छ ।
केही मानिसले बीमा को प्रिमियम शुल्क अत्यधिक बढिरहेको र समय समयमा वृद्धि गर्ने गरेको भनी विरोध जनाएका छन् । नयाँ पोलिसी बिक्री गर्दा एजेन्डलाई कमिसन आउने हुँदा भइरहेका ग्राहकले कम सेवा पाउने र नयाँ ग्राहकको खोजीमा दौडिने प्रवृत्ति हाबी छ । केहीले गलत वा अवैध पोलिसी बिक्री गरे भन्ने पनि गुनासो छ । केहीले दबाबमा पोलिसी बिक्री गर्दा ग्राहकले सामान्य जानकारी पनि हासिल नगर्दा बुझाइमा द्वन्द्व बढेको छ । यसका लागि अस्पष्ट पोलिसी रद्द गर्ने र रिफन्ड गर्ने नियम नहुँदा पनि बीमा क्षेत्रको आलोचना भएको छ । यी बिरलै हुने अपवादका समस्यालाई समयमै समाधान गर्न बीमा कम्पनीले तदारुकता देखाउनु पर्छ ।
नेपालमा बीमा क्षेत्रलाई डिजिटल पद्धतिमा रूपान्तरित गर्नु पर्छ । यसमा एआईको प्रयोग, बिग डाटा, मोबाइल टेकलाई उच्च प्राथमिकता दिनु पर्छ । दोस्रो, जनचेतनामूलक कार्यक्रममा राम्रै रकम लगानी गर्नु पर्छ । यसबाट आर्थिक सुरक्षा, सामाजिक स्थायित्व र जोखिम व्यवस्थापनमा ठुलो योगदान पुग्ने कुरा बुझाउनु पर्छ । यसका लागि नागरिक बीमा कार्यक्रमको अभियान सञ्चालन गर्नु पर्छ । तेस्रो, कृषि, स्वास्थ्य, विपत्लगायतका क्षेत्रमा बीमा लाई विस्तार गर्न विशेष अभियान सञ्चालन गर्नु पर्छ । चौथो, नीतिगत पक्षमा र कानुनी प्रावधानमा समयसापेक्ष सुधार गर्नु पर्छ । पाँचौँ बीमा ऐन, २०७९ को हुबहु कार्यान्वयन गर्दै विदेशी बीमा कम्पनीका कारोबारलाई पूर्णतः निषेध गर्नु पर्छ ।
पत्रपत्रिकाबाट साभारः गोरखापत्रमा प्रकाशित कृष्णहरी बास्कोटाको लेख













