एमडीआरटी छनौट अभिकर्ता गिता कार्कीलाई स्कुटर उपहार
१० पुष २०८२, बिहीबार १६:१५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता गिता कार्कीले सन २०२६ को एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएकी छिन् । सो खुशीयालीमा अभिकर्ता कार्कीका अभिभावक अभिकर्ता मनोज थापा मगरले स्कुटी उपहार प्रदान गरेका हुन् ।
बिहीबार अर्थात पुस १० गते सिन भिलेज पार्टि प्यालेस (पथरी) मा एक सम्मान कार्यक्रम आयोजना गरि स्कुटी प्रदान गरिएको हो । उनलाई सो कार्यक्रममा कम्पनीको कोशी प्रदेश प्रमुख नरेन्द्र राईले स्कुटीको चावी हस्तान्तरण गरेका थिए । सो अवसरमा एमडीआरटी छनौट हुन सफल अभिकर्ता गिता कार्कीले काम गर्दाताकाको अनुभव बताइन् ।














