होटलबाटै क्रिप्टोकरेन्सी कारोबार, कपिलवस्तुबाट दुई भारतीय नागरिक पक्राउ

१० पुष २०८२, बिहीबार १७:४२

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित हम्बल होटलबाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले प्राप्त सुराकीका आधारमा छापा मारेर भारतको महाराष्ट्र राज्यअन्तर्गत मुम्बईको मलाड ईस्ट, कुलार भिलेज पिपरी पाडाचौल निवासी २१ वर्षीय सुनिल सिंह र उत्तर प्रदेशको लखनउ मणिगाउँ निवासी २४ वर्षीय उज्जल सिंहलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवैजनाको साथबाट क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित विभिन्न सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट चार थान मोबाइल फोनसमेत फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*