सुन चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा, प्रतितोला कति?
११ पुष २०८२, शुक्रबार १०:५५

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाला सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगको छ। हिजो छापावाला सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि तोलामै १६५ रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।













