नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै

११ पुष २०८२, शुक्रबार १२:३५

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा वर्तमान नागरिक सरकारको मन्त्री बन्ने भएका छन्। उनलाई आज २ बजे मन्त्रीको रूपमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

उनलाई परराष्ट्र वा रक्षा मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको बताइएको छ। यी दुवै मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्दै आएकी छन्।

सेनाका पूर्वरथी शर्मा माओवादी लगाकु समायोजन समितिमा संयोजकको रूपमा काम गरेका थिए। साथै उनलाई केपी शर्मा ओली सरकारको पालामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखको जिम्मेवारी पनि पाएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*