निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे १९ अर्ब नजिक, कुनको कति?

११ पुष २०८२, शुक्रबार १३:१३

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा साढे १९ अर्ब नजिकको कारोबार गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणमा प्रकाशित मासिक तथ्यांकले यस्तो देखाएको हो । बीमा कम्पनीहरुले यस अवधिसम्ममा १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

मंसिर मसान्तसम्मको प्राधिकरणको तथ्यांक अनुसार यस अवधिसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफ भएका छन् । यस अवधिसम्ममा कम्पनीले २ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा हिमालयन एभरेष्ट रहेको छ। कम्पनीले यस अवधिमा २ अर्बको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
चौथौमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ।

कम्पनीले यस अवधिमा १ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आजर्थन गर्न सफल भएको छ।

त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क गर्न सफल भएका छन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*