रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा कति पर्यो आवेदन ?

१२ पुष २०८२, शनिबार २०:४३

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा मागभन्दा बढीको आवेदन परेको छ । कम्पनीको आइपीओमा मागभन्दा ३३ गुणाको आवेदन परेको छ ।

प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन भएको कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताको आइरो नै लागेको छ ।

सिडिएससीका अनुसार आज अन्तिम दिनसम्म ५ लाख ८३ हजार ९७५ जना आवेदकहरूबाट ३ करोड ५ लाख ८ हजार ७५० कित्ता आईपीओ खरीद माग भएको हो।

कम्पनीले थप सर्वसाधारण लगानीकर्तामा पुस ७ गतेदेखि ११ गतेसम्म आईपीओ निष्कासन गरेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत र सर्वसाधारणमा ६० प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले २०८० साल माघमै योग्य संस्थागत लगानीकर्तामा ४० प्रतिशत शेयर बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणतर्फको शेयरमध्ये पनि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*