पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस १३ गते पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। नेप्सेमा सूचीकृत र लाभांश वितरण गर्न लागेका पाँच कम्पनीहरूले भोलि बूक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश लिन सक्नेछन्।
सन नेपाल लाइफको ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश, नेपाल इन्स्योरेन्सको ६.३१५८ प्रतिशत नगद लाभांश, शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।
त्यसैगरी सिनर्जी पावर डेभलपमेन्टले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश र कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर र ०.५२३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। आजसम्म नेप्सेमा यी कम्पनीहरूको शेयर खरीद गर्ने शेयरधनीहरूले मात्रै सम्बन्धित कम्पनीको लाभांश प्राप्त गर्नेछन्। लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरूले साधारणसभा पनि डाकिसकेका छन्।













