रविसँग सात बुँदे सम्झौतापछि मेयरबाट राजीनामा दिने तयारीमा बालेन

१३ पुष २०८२, आईतवार १२:४४

काठमाडौं । राजनीतिमा सक्रिय हुने भए पछि काठमाडौं महानगरपालिकाका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बालेनबीच भएको सात बुँदे सम्झौता सार्वजनिक हुनासाथ अनेक अड्कलवाजी हुन थालेका छन् । तर, सक्रिय राजनीतिमा लाग्ने अवस्था आए आफुले राजीनामा दिने पूर्व घोषणा अनुरुप बालेनले एक दुई दिन वा एक साताभित्रै राजनीनामा दिने तयारी गरेको बुझिएको छ ।

रविसँग गरिएको सात बुँदे सम्झौता सार्वजनिक भएसँगै उनलाई स्वभावैले पदबाट राजीनामा दिनुपर्ने नैतिक दबाब बढेको जानकारहरुको भनाइ छ । यद्यपि, रविसँग गरिएको सात बुँदे सम्झौता राष्ट्रिय हितको दीर्घकालीन निकास नभई चुनाव उपयोग गर्ने अल्पकालीन रणनीति मात्रै भएको टिप्पणी हुन थालेको छ । सम्झौता पार्टीगत वा समूहगत नभई व्यक्तिगत जस्तो देखिएको समेत बताइँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*