रवि र बालेनको सहमतिले शेयर बजारमा हरियालीः लगानीकर्तामा रौनक, के अब बुलको यात्रा तय गर्ला ?

१३ पुष २०८२, आईतवार १५:०९

काठमाडौँ । राजनीतिक अस्थिरतामा रहेको चेपुवामा परेको शेयर बजारमा आज भने हरियाली आएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच ७ बुँदे समझदारी भएसँगै बजारमा उच्च सुधार देखिएको हो ।
पछिल्लो समयका दुई ठुला अनुहारबीच सहमतिभएसँगै शेयर बजारका लगानीकर्ताहरुको मनोबल बढेको छ । सरकार र विभिन्न दलहरुबीच भइरहेको चुनाव सम्बन्धी वार्ता समेत सकारात्मक हुँदै गएको छ । एमाले र कांग्रेस पनि चुनावका लागि तयार भएको अवस्था छ । जसले गर्दा चुनाव हुने नहुनेबीचको अन्यौल समेत विस्तारै चिर्दै गइरहेको हो । सोहि कारण पनि लगानीकर्ता हौसिएका छन् । राजनीतिक स्थिरता आउने विश्वास लगानीकर्ताको रहेको छ ।

नियामक निकायका अधिकांश शेयर बजार सम्बन्धी नीति सकारात्मक नै रहेका छन् । राजनीतिक अस्थिरताले मात्रै राताम्य भइरहेको बजार बालेन र रविबीच भएको सहमतिले भने हरियाली तिर अघि बढेको छ । राजनीतिक स्थिरता, नीतिगत सुधार र बैंकको ब्याजदर न्यून बिन्दुमा रहेको हुँदा अब बजारले नयाँ यात्रा तय गर्ने विश्वास गरीएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले शेयर बजार मैत्री नीति अपनाएको छ । अर्थमन्त्रालय समेत शेयर बजार सम्बन्धी मुद्धामा सकारात्मक नै देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.५५ अकंले बढेर २६३३.४२ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.६६ प्रतिशत, विकास बैंक समूहको २.२८ प्रतिशत, फाइनान्स समूहको २.७० प्रतिशत, होटल तथा पर्यटन समूहको १.३८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आइतबार २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*