नविकरण बीमा शुल्क आर्जन १५% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ र एलआईसी, ग्रोथमा को अगाडी ?

काठमाडौ । चालु आर्थिक वर्ष २०८२।०८३ को पाँच महिनको अवधिमा जीवन बीमा कम्पनीहरुले करिव ६० अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरमसान्तसम्मको अवधिमा ५९ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् ।
कम्पनीहरुले आर्जन गरेको नविकरण बीमा शुल्क गत आर्थिक वर्ष २०८१।०८२ को सोही अवधिको तुलनामा १५.०८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कम्पनीहरुले ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । ५ महिनाको अवधिमा नेपाल लाइफको नविकरण बीमा शुल्क ५.४० प्रतिशतले बढेर १६ अर्ब २४ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन १५ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, एलआईसी नेपाल नबिकरण बीमा शुल्क आर्जनको आधारमा दोस्रो नम्बरमा रहेको छ । कम्पनीको यस्तो शुल्क गत आवको तुलनामा ३.६९ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
नेशनल लाइफको नविकरण बीमा शुल्क आर्जन १४.१९ प्रतिशतले बढेर ६ अर्ब ८५ करोड रुपैयाँ पुग्दा हिमालयन लाइफको ४.४९ प्रतिशतले बढेर ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
यता, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको १८२.३६ प्रतिशतले बढेर ५ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
यता, सूर्यज्योति लाइफको १५.०८ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड रुपैयाँ नविकरण बीमा शुल्क रहेको छ । एशियन लाइफको ७.९१ प्रतिशतले बढेर २ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको २२.२१ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ८.१५ प्रतिशतले बढेर २ अर्ब ७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन पुगेको छ ।
यता, मेट लाइफको नविकरण बीमा शुल्क आर्जन पछिल्लो पाँच महिनामा २ अर्ब ३ करोड, आइएमई लाइफ इन्स्योरेन्सको १ अर्ब ६६ करोड, प्रभु महालक्ष्मी लाइफको १ अर्ब ६५ करोड, रिलायबल नेपालको १ अर्ब ६१ करोड र सन नेपाल लाइफको १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।













