लघु जीवन बीमा कम्पनीको ब्यवसाय ४२ करोड, क्रेष्ट सबैभन्दा अगाडी

१३ पुष २०८२, आईतवार १६:४२

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२।०८३ को ५ महिनासम्ममा ४२ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

हाल ३ वटा मात्रै लघु जीवन बीमा सञ्चालनमा रहेकोमा क्रेष्ट माइक्रो लाइफले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङमा उल्लेख गरेको छ । क्रेष्टले १५ करोड ४० लाख रुपैयाँको ब्यवसाय गर्ने सफल भएको हो ।

मंसिर मसान्तसम्ममा गार्डियन माइक्रो लाइफले पनि १४ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यता लिवर्टी माइक्रो लाइफले ५ महिनासम्मको अवधिमा .१२ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

मंसिर महिनाको मात्रै तथ्यांक हेर्ने हो भने क्रेष्ट माइक्रो लाइफले सर्वाधिक ३ करोड ८३ लाख, गार्डियन माइक्रो लाइफले ३ करोड १४ लाख र लिवर्टी माइक्रो लाइफले २ करोठ ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*