तीन कम्पनीको साधारणसभा आज, लाभांश तथा हकप्रद प्रस्ताव पारित गरिंदै

१४ पुष २०८२, सोमबार ०६:४८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीहरूको वार्षिक साधारणसभा आज पुस १४ गते बस्दैछ। लाभांश तथा हकप्रद प्रस्ताव सहित छुट्टाछुट्टै कम्पनीहरूको साधारणसभा बस्न लागेको हो।

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश र १ः०.७५ को अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल पौवामा बिहान ९ बजेदेखि पाँचौं वार्षिक साधारणसभा बस्दैछ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव सहित काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेदेखि पच्चीसौं वार्षिक साधारणसभा बस्दैछ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित मोरङ जिल्लाको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि तेस्रो वार्षिक साधारणसभा बस्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*