गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक सभा सम्पन्न

१४ पुष २०८२, सोमबार १४:०४

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदिप श्रेष्ठको अध्यक्षतामा सभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड रुपैयाँको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ ।

साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा मंसिर २५ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*