एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट, कुनको कति रुपैयाँले बढ्यो ?
१४ पुष २०८२, सोमबार १५:१५

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि आज ८५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज एसवाई प्यानलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.७६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.५४ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंक लगायतको शेयरमूल्य बृद्धि भएको छ ।














