लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१४ पुष २०८२, सोमबार १६:४३

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पु-याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*