स्वास्थ्य बीमाको ७ अर्ब बाँकि रहेको भुक्तानीको फाइल अर्थ मन्त्रालयमा
१४ पुष २०८२, सोमबार १७:५०

काठमाडौं । स्वास्थ्य बीमा वापतको विभिन्न अस्पताललाई भुक्तानी हुन बाँकि बाँकी ७ अर्ब रुपैयाँ बक्यौता निकासका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालय पठाइएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमामाबापत विभिन्न अस्पताललाई भुक्तानी गर्न बाँकी ७ अर्ब रुपैयाँ बक्यौता निकासका लागि अर्थ मन्त्रालय पठाइएको बताएकी छन् ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोमबार भएको छलफलमा उनले यस्तो जानकारी दिएकी हु्न्।
मन्त्री गौतमले स्वास्थ्य बीमाबोर्डमा आबद्ध प्रथम सेवा बिन्दुको व्यवस्थापन र बिमा ऐनका कतिपय दफाहरू परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोष लगायतसँग समन्वय गरी सुधारका कार्यहरू द्रुत गतिमा अघि बढाइएको उनको भनाइ छ।













