सलिकोद्वारा मार्केटिङ र मेडिकल विभागमा ठूलो संख्यामा कर्मचारी माग, कसरी दिने आवेदन ?
१४ पुष २०८२, सोमबार १८:३८

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै चार वटा पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।
कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर एसिस्टेन्ट र मेडिकल डिपार्टमेन्टमा एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेद्वारले संस्थाको आधिकारी वेबसाइट मार्फत आवश्यक कागजात संकलन गरी सम्पूर्ण प्रक्रिया पुरा गरी आवेदन दिन सक्ने प्रकाशित सूचनामा उल्लेख गरेको छ ।














