नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

१५ पुष २०८२, मंगलवार १०:३२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो ।

शेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस २३ गतेभित्र काठमाण्डौको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*