प्रभु महालक्ष्मी लाइफद्वारा घातक रोग बापत १० लाखको बीमा दावी भुक्तानी

१५ पुष २०८२, मंगलवार १०:४२

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अन्तर्गत घातक रोग बीमा वापत १० लाख रुपैयाँको बीमा रकम हस्तान्तरण गरिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–९ अञ्चलपुर निवासी भविन्द्रादेवी घर्ती मगरलाई उक्त रकम प्रदान गरिएको हो।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजन्सी म्यानेजर आर्यान खानले बीमाले विपद् र रोगको बेला आर्थिक सुरक्षाको काम गर्ने बताए। उनले छोटो समयमै बीमा रकम प्राप्त हुनु बीमा प्रणालीप्रतिको विश्वास बढाउने उदाहरण भएको उल्लेख गरेका छन् ।

नगर प्रमुख अजय थापाले बीमा सबै नागरिकका लागि आवश्यक रहेको बताउँदै हरेक परिवारले भविष्य सुरक्षाका लागि बीमा गर्नुपर्नेमा जोड दिए । वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेले बीमा आजको आवश्यकता भइसकेको भन्दै सबै वर्गका नागरिकका लागि अपरिहार्य रहेको जिकिर गरेका छन् ।

त्यस्तै समाजसेवी अक्रम पठानले उपचारका क्रममा यस्ता बीमा रकमले ठूलो सहयोग पुग्ने धारणा राखेका छन् । बीमा रकम प्राप्त गर्दै भविन्द्रादेवी घर्ती मगरले रोग कहिले कसलाई लाग्छ थाहा नहुने भएकाले समयमै बीमा गर्नु बुद्धिमानी हुने बताउँदै आफूले बीमाको महत्व व्यवहारमै बुझेको प्रतिक्रिया दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*