ग्रामिण विकास लघुवित्तको सञ्चालक समितिमा फेरबदल

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा परिवर्तन भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा उपसचिव सुव प्रसाद रिजालको सट्टा आन्तरिक राजस्व कार्यालय भैरहवा का प्रमुख कर अधिकृत प्रेमराज पोखेल मनोनयन भएका छन्।
संस्थाका अनुसार पोखेललाई मंसिर १९ गतेदेखि लागू हुने गरी सञ्चालकमा मनोनयन गरिएको हो। उनले पुष १० गते बसेको सञ्चालक समितिको बैठकमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
यससँगै ग्रामिण विकास लघुवित्तको सञ्चालक समिति पुनः गठन भएको छ। हाल कायम रहेको सञ्चालक समितिमा भरतराज कोइराला अध्यक्ष रहेका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रेमराज पोखेल सञ्चालक रहेका छन् भने नेपाल बैंक लिमिटेडको तर्फबाट अर्जुन बहादुर कंडेल सञ्चालक छन्।
त्यसैगरी फ्युचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रालिको तर्फबाट नबराज ढकाल, सर्वसाधारण समूहबाट मनोज कुमार खड्का, संस्थापक समूहबाट सरोज कुमार महतो सञ्चालकको रूपमा रहेका छन्। साथै ऋषिराम पाण्डे स्वतन्त्र सञ्चालकका रूपमा समितिमा रहेका छन्।












