एमडिआरटी बन्ने अन्तिम दिन डिसेम्बर ३१, बीमा अभिकर्ताहरु अन्तिम दौडधुपमा व्यस्त

काठमाडौं । हरेक बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ कम्तीमा एमडिआरटी बनौं । जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी व्यक्तित्व विकास, क्षमता विकास हौसलाको खानी हो । त्यसैले पनि धेरै बीमा अभिकर्ताहरुले एमडिआरटी २०२६ बन्नै पर्नै अन्तिम तनावमा रहेका छन् । भोलि यो बर्षको अन्तिम ३१ डिसेम्बर भएको कारण अभिकर्ताहरु टार्गेट पुराउने मारमा छन् ।
सन् २०२६ भित्रमा तोकिएको बीमा शुल्क (एकल बाहेक) आम्दानी गर्ने बीमा अभिकर्ताहरु एमडिआरटी, सिओटी र टिओटी बन्न पाउनेछन् । एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने भोलि अन्तिम दिन, अब मात्रै एक दिन बाँकी छ । यस वर्षको एमडिआरटी लक्ष्य पुर्याउन चार दिन बाँकी रहँँदा नेपालमा सञ्चालित १८ जीवन बीमा कम्पनीमा कार्यरत ५० हजार भन्दा बढि सक्रिय अभिकर्ताहरु एमडिआरटीको टार्गेट पुर्याउने दवावमा रहेका छन् । अन्तिम समय आइसकेको र डिसेम्वर ३० तमु ल्होसार परेको भने भोलि ३१ डिसेम्बर एक दिन मात्रै बाँकि रहेको छ ।
उता, यसअघि नै एमडिआरटीको लक्ष्य पुर्याई सुरक्षित भइसकेकाहरु २०२६ को जनवरी १ देखि नयाँ व्यवसायको भेला पारेर सुरुमै एमडिआरटी बन्ने दौडमा समेत देखिएका छन् । जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म भएकोले एमडिआरटी, सिओटी र टिओटीलाई सफल र दक्षतायुक्त बीमा अभिकर्ता मानिने भएकोले पनि जीवन बीमा अभिकर्ताहरु सक्रिय रुपमा लागेको देखिन्छ । त्यसो त हजारौं एजेन्सी तथा अभिकर्ताहरु यसअघि नै एमडिआरटी, सयौं सिओटी र टिओटीमा क्वाईलिफाईड भइसकेका छन् । उक्त लक्ष्य चुम्न बाँकी र केही नपुग भएका अभिकर्ताहरु निकै कडा मेहनत साथ लक्ष्यका लागि दौडिरहेका छन् ।आगामी डिसेम्वर ३१ सम्ममा एमडिआरटीको लक्ष्य ३८ लाख (नेपालका लागि तोकिएको) पुर्याउने अभिकर्ताहरुले मात्रै आगामी वर्षको एमडिआरटीमा भाग लिन पाउने छन् ।
मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा कार्यक्रम आयोजना गरिन्छ । सिओटी र टिओटी बिजेताहरुले कार्यक्रमा आयोजना स्थलमा जान पाउनेछन् ।नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म हो । त्यसैले पनि यसका लागि मानिसहरुले निकै मेहनत गरिरहका हुन्छन्, नेपाल टप सिनियर एजेन्सी म्यानेजर भइसकेका शंकर लामिछाने अशान्त बताउँछन् । अन्तिम दुई दिन बिदा परेकोले बीमा अभिकर्ताहरु धेरै नै दवावमा रहेको उनी बताउँछन्।
सन् १९२७ मा संस्थापना भएको एमडिआरटी बीमा अभिकर्ताहरुको लागि अन्तर्राष्ट्रिय प्लेटफर्मममा भाग लिन उपयुक्त अवसर भएको नेशनल लाईफ इन्स्योरेन्सका नेपाल टप एजेन्सी शंकर लामिछाने अशान्त बताउँछन् । एमडिआरटीमा छनौट भएर पटक पटक अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिइसकेका लामिछानेले एमडिआरटीमा भाग लिँदा अभिकर्ताहरुको मनोबद्ध उच्च हुनुको साथै अन्तर्राष्ट्रिय बीमा अभिकर्ताहरुसँग अनुभव आदान प्रदान हुने हुँदा व्यवसाय बृद्धिमा समेत भूमिका निर्वाह गर्ने अनुभव सुनाए ।
बीमा अभिकर्ताहरुको लागि बर्षभरी गरिने प्रतिफलको प्रतिक्षा एवं एमडीआरटी ग्लोबल कन्फ्रेन्सले आगामी बर्षका लागि व्यवसायिक टार्गेट परिमार्जन गरेको छ। यस बर्षसम्मको लागि कन्फ्रेन्सको रकम गत बर्षकै हुने आगामी बर्षका लागि १८ प्रतिशतले वृद्धि गरेको छ।विश्भर प्यानड्यामिक कोरोना भाइरस र आर्थिक संकटको कारण खुकुलो निति ल्याएको एमडीआरटी ग्लोबल कन्फ्रेन्सले आगामी बर्षदेखि व्यवसायिक टार्गेट बढाएको जनाएको छ ।कोरोनापछिको रिकभरी र विश्भर आर्थिक मन्दीको प्रभावको कारण बीमितहरुले सरेण्डर गर्ने डर बढेसँगै घटाएको टार्गेट पुनः बढाउने भन्दै पत्र समेत पठाईसकेको छ। विश्भर रिकभरीको संकेत देखिएको र सरेण्डर दर घट्ने बिषयलाई मध्यनजर गर्दै टार्गेट बढाइएको जनाइएको छ।
एमडिआरटीमा ७० देशका ५०० भन्दा बढि बीमा कम्पनीहरु आबद्ध छन् । नेपालबाट एमडिआरटीको बार्षिक बैठक र विश्व सम्मेलन दुवैमा उत्साहप्रद सहभागिता रहँदै आएको छ ।












