नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

आयोजना हुन गइरहेको प्रर्दशनीमा नेपाल, भारत, चीन लगायतका बिभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन ।
यस अन्तराष्ट्रिय प्रदर्शनिको लागि सीमित स्टलहरु बाँकी रहेको छ साथै स्टल बुकिङ्ग तिब्र गतिमा भइरहेको छ ।
निःशूल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना औजार, देखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ ।
उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
यस अन्तराष्ट्रिय प्रदर्शनीमा प्रबद्र्धकको भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ भने सहयोगी संस्थाको भूमिकामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउ“पालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, र चितवन उद्योग संघ रहेका छन् ।












