सुम्निमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
१६ पुष २०८२, बुधबार ०७:२२

काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित माघ ९ गते साधारणसभा बोलाएको छ। सभा ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा बिहान १०ः४५ बजेदेखि शुरू हुनेछ।
सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, ऋण लिने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ता पारित गर्नेछ।












