सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिंदैछन्?

१६ पुष २०८२, बुधबार ०८:१५

काठमाडौं । आज पुस १६ गते विभिन्न सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ उल्लिखित सात कम्पनीहरूले भोलि पुस १७ गते बुक क्लोज गर्दैछन्।

इमर्जिङ नेपाल लिमिटेडको ५.२६३१५ प्रतिशत नगद लाभांश, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ६.५ प्रतिशत नगद लाभांश, चिलिमे हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश र महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।

त्यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत बोनस शेयर र ०.४२३१ प्रतिशत नगद लाभांश, एलआईसी नेपालको २१.०५ प्रतिशत नगद लाभांश, निर्धन उत्थान लघुवित्तको ७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर रहेको छ। आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यी कम्पनीहरूको शेयर खरीद गर्ने शेयरधनीहरूले सम्बन्धित कम्पनीले प्रस्ताव गरे बमोजिमको लाभांश प्राप्त गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*