आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
१६ पुष २०८२, बुधबार ०८:२५

काठमाडौं । आज आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन ग्रिन डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रोपावर कम्पनी, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, इमर्जीङ्ग नेपाल र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले भोली अर्थात पुस १७ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।












