जर्मनीको एक बैंकबाट फिल्मी शैलीमा ५ अर्बको डकैती

१६ पुष २०८२, बुधबार १०:३३

काठमाडौं । पश्चिम जमर्नीको व्यस्त सडकमा पर्ने एक बैंकमा फिल्मी शैलीबाट डकैती भएको छ। चोरहरूले ठूलो ड्रिल मेसिन प्रयोग गरी भल्ट फुटाएर नगद, सुन र गरगहना सहित झण्डै ५ अर्ब नेपाली रुपैयाँ लुटेका हुन्।

यो लूटपाट बुएर जिल्लाको निइनहोफस्ट्रासस्थित व्यस्त सडकमा अवस्थित बैंकमा भएको हो। यो डकैतीलाई हलिउड चलचित्रको ‘ओसियन्स इलाभेन’ डकैतीसँग मिल्दोजुल्दो रहेको बताइएको छ।

लुटेराहरूले ठूलो ड्रिल मेसिनको प्रयोग गरी भित्ता प्वाल पारेर बैंकको भल्ट फुटाएर धनमाल चोरी गरी भाग्न सफल भएका छन् भने प्रहरीले यसमा संलग्नहरूको खोजी गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*