सुनचाँदीको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
१६ पुष २०८२, बुधबार १०:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुन आज तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार १०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले घटेर प्रतितोला चार हजार ४७० रुपैयाँ पुगेको छ ।












